नवलपरासी, असार १९ :

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएपछि यातायात आवागमन सहज भएको छ।

नागढुंगा–मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार आजदेखि पुल सञ्चालनमा आएसँगै लामो समयदेखि अवरुद्ध हुँदै आएको सडक पुनः नियमित बन्दै गएको हो।

यसअघि पुल भत्किएपछि अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो। तर, बर्खायाममा आएको बाढीले डाइभर्सन पटक-पटक बगाउँदा यात्रुहरूले ठुलो सास्ती व्यहोर्नुपरेको थियो।

पुल नहुँदा सवारीसाधन जाममा पर्ने, यात्रुहरूलाई लामो समय पर्खनुपर्ने, र आपत्कालीन सेवामा समेत समस्या हुनेजस्ता अप्ठ्याराहरू देखिएका थिए।अहिले नयाँ पुल सञ्चालनमा आएसँगै ती समस्या हटेका छन् र पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालनमा सहजता आएको छ।