काठमाडौं, असार २३ :

संसदीय सुनुवाइ समितिले न्यायपरिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

संसदीय समितिको सोमबार बसेको बैठकले नेपालको नाम न्यायपरिषद् सदस्यमा अनुमोदन गरेको हो ।

यसैबीच सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशको नाम पनि समितिले अनुमोदन गरेको छ ।

सर्वोच्चको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई अनुमोदन गरेको हो ।