सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार स्वास्थ्य

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने

· बुधबार, २५ असार, २०८२ मा प्रकाशित
स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने
काठमाडौं, असार २५ :

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब रु दुई लाखसम्मको उपचार सुविधा पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले हालसम्म रु एक लाखमा सीमित यो सुविधा आगामी साउन १ गतेदेखि दोब्बर बनाइने घोषणा गरेका हुन् ।

आज सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै मन्त्री पौडेलले आठ प्रकारका गम्भीर रोगका बिरामीका लागि उपचार खर्च दोब्बर बनाइएको बताएका हुन्। “कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडामा राहत दिन साउन १ गतेदेखि यो निर्णय लागू हुनेछ”, फेसबुकमा उनले लेखेका छन् ।

अब क्यान्सर, मुटुरोग, मिर्गाैला रोग, टाउको र मेरुदण्डमा चोट (हेड इन्जुरी र स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर भएका बिरामीले रु दुई लाखसम्मको उपचार सुविधा पाउनेछन् ।

यसअघि सरकारले  बीमा योजनामा सामेल भएकालाई आफू बसोबास गरेको स्थानमा उपचार लिन सक्ने व्यवस्था मिलाउने तथा सबै तहमा बीमा सुविधा विस्तार गर्ने निर्णय भइसकेको छ । 


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार