बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार राजनीति

कांग्रेसका १६ नेता-कार्यकर्तामाथि अनुशासनको कारबाही, ५ जना निष्कासित

पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ असार, २०८२ मा प्रकाशित
कांग्रेसका १६ नेता-कार्यकर्तामाथि अनुशासनको कारबाही, ५ जना निष्कासित
काठमाडौं, असार २५ :

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीको उम्मेदवारविरुद्ध असहयोग गरेको भन्दै १६ जना नेता तथा कार्यकर्तामाथि अनुशासनको कारबाही गरेको छ। 

समितिको यही असार ९ गतेसम्म बसेको बैठकले पाँच जनालाई पार्टीबाट निष्कासन तथा अन्यलाई निलम्बन गर्ने निर्णय गरेको हो।

समितिले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरी पराजित गराउने नियतसहित सामाजिक सञ्जाल, अडियो/भिडियो लगायतका माध्यम प्रयोग गरी हानिकारक गतिविधि सञ्चालन गरेको पुष्टि भएपछि कारबाही गरेको जनाएको छ।

पाँच जना एक वर्ष/६ महिनाको लागि निष्कासित

समितिको निर्णयअनुसार, तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य तथा गण्डकीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ सभापति विष्णुकुमार राई, र पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता पार्टीबाट एक वर्षका लागि निष्कासित भएका छन्।

यस्तै, धनुषा लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ महिनाका लागि निष्कासन गरिएको छ।

१० जना नेता–कार्यकर्ता निलम्बित

त्यसैगरी, धनुषा, कास्की र कैलालीका विभिन्न तहका १० जना नेता–कार्यकर्तामाथि छ महिनादेखि तीन महिनासम्मको निलम्बन गरिएको छ। 

धनुषा सबैला नगरसभापति खटरु यादव, रामबाबु यादव, फुलगेन यादव, कास्कीका भावना श्रेष्ठ, कैलालीका भिमबहादुर शाह, पूर्णकुमार कुँवर, आनन्दराज जोशी, रविन्द्रप्रताप सिंह, लेखराज ओझा, सुभाष चन्द, बब्लकुमार चौधरीलाई छ महिनाको लागि निलम्बन गरिएको हो।कास्कीका निवर्तमान सभापति कृष्ण के.सी.लाई भने तीन महिनाका लागि निलम्बन गरिएको छ।

केन्द्रीय अनुशासन समितिले सबैप्रति स्पष्टिकरण मागेपनि प्राप्त जवाफ चित्तबुझ्दो नपरेको र उपलब्ध प्रमाणहरूका आधारमा पार्टी विधान २०७४ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख) र (घ) बमोजिम कारबाही गरिएको स्पष्ट पारेको छ।

 

515981568_1406429610638487_7617280750936490620_n-1752063316.jpg

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार