झापा, असार २८ :

प्रधानमन्त्री केपी ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालको शनिबार उद्घाटन गरेका छन् ।

नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाम जोडिएको सो आधारभूत अस्पताल १० शय्याको रहेको छ । अस्पतालले दैनिक चार सयलाई सेवा दिनेछ ।

प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागिरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गर्दै मर्दा कसैले केही नलाने भएकाले भागिरथाहरुको प्रेरणाबाट सामाजिक सेवामा लाग्न आग्रह गरे ।

उनले अस्पतालको क्षमतावृद्धिका लागि सरकारले सहयोग गर्ने विश्वास दिए । प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाममा हुने विभिन्न कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।