काठमाडौं, असार २८ :

निर्वाचन आयोगकी पूर्वनिर्वाचन आयु्क्त इला शर्माको निधन भएको छ ।

थापाथलीमा रहेको नर्भिक अस्पतालमा उनको आज (शनिबार) साँझ निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार शर्माको कार्डियाक अरेस्टका कारण निधन भएको हो । कार्डिया अरेस्ट हुनेबित्तिकै उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

शर्मा द राइजिङ नेपाल राष्ट्रिय दैनिकमा पनि लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय थिइन् । उनी २०६९ चैत ११ देखि २०७५ चैत १० गतेसम्म निर्वाचन आयोगको आयुक्त पदको जिम्मेवारीमा थिइन् । शर्माले सिटिजन्स बैंक र नबिल बैंकको सञ्चालकका रुपमा समेत काम गरेकी थिइन् । 

समाजसेवा, पत्रकारिता र लोकतान्त्रिक प्रक्रियामा उनको योगदान छ । उनको भोलि (आइतबार) अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका दुई छोरी छन् ।