काठमाडौं, असार २९ :

विकास हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज (आइतबार) गरेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले असार १८ देखि २२ गतेसम्म आवेदन खुला गरेको आईपीओमा २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणलाई प्रदान गरिएको हो।

बाँडफाँड परिणामअनुसार दुई लाख ९४ हजार २७६ आवेदकले न्यूनतम १०-१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । आईपीओको नतिजा हेर्न बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, मेरोसेयर खाताबाट, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइट तथा कम्पनीको आधिकारिक वेबसाइटमा गएर आफ्नो डिम्याट नम्बर राखी हेर्न सकिनेछ ।