बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
राजनीति

रञ्जिता श्रेष्ठ भन्छिन्- नाम जोडेर चरित्र हत्या गर्ने नियोजित प्रयास भयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३१ असार, २०८२ मा प्रकाशित
रञ्जिता श्रेष्ठ भन्छिन्- नाम जोडेर चरित्र हत्या गर्ने नियोजित प्रयास भयो
काठमाडौं, असार ३१ :

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफू र पार्टीको नाम जोडेर आएका समाचारप्रति आपत्ति जनाउँदै ती समाचारहरू नियोजित रूपमा चरित्र हत्या गर्ने उद्देश्यले प्रसारित गरिएको आरोप लगाएकी छिन्।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठले भूमिसम्बन्धी आयोगको नियुक्ति र कर्मचारी सरुवासम्बन्धी घुस प्रकरणमा आफ्नो वा पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै आफूमाथि लागेको आरोप पूर्ण रूपमा आधारहीन रहेको बताएकी छिन्।

‘म र मेरो पार्टीलाई बदनाम गराउने नियतले झुटा आरोपसहित समाचार बनाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो कार्य निन्दनीय छ र सह्य हुँदैन।’

श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी पारदर्शिता, सुशासन र शून्य सहनशीलताको सिद्धान्तमा अडिग रहेको बताउँदै सम्बन्धित निकायसँग सत्यतथ्य सार्वजनिक गर्न र कानुनी प्रक्रिया अपनाउन आग्रह गरेकी छन्।

उनले यस्ता किसिमका आधारहीन समाचारहरूले जनतामा भ्रम सिर्जना गर्ने, राजनीतिक अस्थिरता निम्त्याउने खतरा रहेको भन्दै यस्ता गतिविधिहरू रोक्न चेतावनी दिएकी छन्। ‘यदि भविष्यमा पनि यस्ता कार्यहरू रोकिएनन् भने कानुनी उपचार खोजिनेछ,’ श्रेष्ठको भनाइ छ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले भूमिसम्बन्धी घुस प्रकरणमा संलग्न भएको भन्दै मंगलबार पदबाट राजीनामा दिएका छन्। गुप्ताले प्रधानमन्त्रीसमक्ष दिएको मौखिक स्पष्टीकरणमा श्रेष्ठले पठाएका व्यक्तिले आफूलाई फसाउन रकम छाडेर गएको दाबी गरेका थिए।

मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख रुपैयाँको डिल भएको अडियो सार्वजनिक भएपछि यो प्रकरण सार्वजनिक भएको हो।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार