बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र

अर्थमन्त्री पौडेलसमक्ष बिमा प्राधिकरणका अध्यक्ष पोखरेलको शपथ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३१ असार, २०८२ मा प्रकाशित
अर्थमन्त्री पौडेलसमक्ष बिमा प्राधिकरणका अध्यक्ष पोखरेलको शपथ
काठमाडौं, असार ३१ :

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बिमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

हिजो (सोमबार) को मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।

प्राधिकरण सञ्चालक समिति अध्यक्ष शरद ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बिमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । छानबिन समिति गठन भएपछि ओझा स्वत: निलम्बन भएका हुन् ।

यसैबीच छानबिन समितका अध्यक्ष गिरी, सदस्यद्वय जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले आजै (मंगलबार) पत्र बुझेका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार