काठमाडौं, साउन २ :

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २०० रुपैयाँले बढेको छ । यसैगरी चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँ कायम छ । हिजो सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले बढ्दै २२ सय ८० रुपैयाँ कायम छ । चाँदी हिजो प्रतितोला २२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।