मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
राजनीति

पोलिटब्युरोलाई सचिवालयको निर्णयलाई परिमार्जन गर्न ईश्वर पोखरेलको आह्वान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ साउन, २०८२ मा प्रकाशित
पोलिटब्युरोलाई सचिवालयको निर्णयलाई परिमार्जन गर्न ईश्वर पोखरेलको आह्वान
काठमाडौं, साउन २ :

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हिजो (बिहीबार) को पार्टी सचिवालय बैठकले गरेको निर्णयलाई पोलिटब्युरो बैठकले परिमार्जन गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत पोखरेलले आगामी केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्‍याउन आह्वान गरेका हुन् ।

‘पार्टीको  विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो । आज पोलिटब्युरो सदस्यहरूका बीचमा छलफल हुनेछ,’ सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले शुक्रबार लेखेका छन्, ‘पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफब वहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार