नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । सुनको मूल्य गएको बिहीबारदेखि बढ्दै आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला चार सय रुपैयाँले सुनको मूल्य बढेको हो । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार सात सय रुपैयाँ कायम छ । सुनको मूल्य अघिल्लो दिन (आइतबार) प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य सोमबार भने स्थिर छ । आइतबार प्रतितोला २२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज (सोमबार) पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।