काठमाडौं, साउन ६ :

साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि सेयर बजारमा हरियाली छाएको छ । आजको दिनमा नेप्से ८०.९७ अंकले बढ्दै २९७३.७० विन्दुमा रोकिएको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १४.४८ अंकले बढ्दै ५१६.९८ अंकमा चढेको छ ।

नेप्सेमा आज ३१९ वटा कम्पनीको एक लाख ७७ हजार १०१ पटकको कारोबारमा चार करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर किनबेच भए । जसअनुसार आज २० अर्ब आठ करोड ५३ लाख ६७ हजार २९३ रुपैयाँबराबरको कारोबार भएको छ ।

सेयर बजारमा हरियाली छाएको आजको दिनमा २३६ कम्पनीको सेयर मूल्य बढ्दा १४ वटा कम्पनीको मूल्यमा गिरावट आयो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा १३ वटै समूहको सूचकमा हरियाली छायो ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा ट्रेड टावर लिमिटेड परेको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढ्यो । जसअनुसार ट्रेड टावरको अन्तिम सेयरमूल्य प्रतिकित्ता ५३५.८० रुपैयाँ कायम रह्यो ।

बढी गुमाउने कम्पनीको सूचीमा भने पहिलो स्थानमा लुम्बिनी विकास बैंकको ऋणपत्र परेको छ । यसको अन्तिम सेयर मूल्य १२१५ रुपैयाँ कायम छ ।

नेप्सेमा आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार सर्वाधिक भएको छ । नेपाल रिइन्स्योरेन्सको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १,५५२ रुपैयाँमा रह्यो । यसको ७१ करोड ८८ लाख ८५ हजार ७४५ रुपैयाँको सेयर कारोबार भएको छ ।