
नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन । हिजो (मंगलबार) प्रतितोला १८ सय रुपैयाँले बढेको सुनको मूल्य आज (बुधबार) २१ सय रुपैयाँले बढेको छ । उसो त सुनको मूल्य गएको बिहीबारदेखि बढ्दै आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँ कायम छ । हिजो मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । अस्ति (सोमबार) भने सुन प्रतितोला एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै सुनको मूल्य आइतबार भने प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढ्दै २३ सय ५० रुपैयाँ कायम छ । चाँदीको मूल्य आइतबार र सोमबार प्रतितोला २३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । हिजो (मंगलबार) भने चाँदी प्रतितोला अघिल्लो दिनको तुलनामा ६५ रुपैयाँले घट्दै २३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।