बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र

सुनको मूल्य प्रतितोला २१ सयले बढ्यो, चाँदी कति ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ साउन, २०८२ मा प्रकाशित
सुनको मूल्य प्रतितोला २१ सयले बढ्यो, चाँदी कति ?
काठमाडौं, साउन ७ :

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन । हिजो (मंगलबार) प्रतितोला १८ सय रुपैयाँले बढेको सुनको मूल्य आज (बुधबार) २१ सय रुपैयाँले बढेको छ । उसो त सुनको मूल्य गएको बिहीबारदेखि बढ्दै आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँ कायम छ । हिजो मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा  कारोबार भएको थियो । अस्ति (सोमबार) भने सुन प्रतितोला एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै सुनको मूल्य आइतबार भने प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढ्दै २३ सय ५० रुपैयाँ कायम छ । चाँदीको मूल्य आइतबार र सोमबार प्रतितोला २३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । हिजो (मंगलबार) भने चाँदी प्रतितोला अघिल्लो दिनको तुलनामा ६५ रुपैयाँले घट्दै २३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार