
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले भूमि सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् ।
सिंहदरबारमा आइतबार बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गेका हुन् । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल भएको छ।
छलफलका क्रममा बोल्दै वास्तविक सुकुम्बासी, भूमिहिनहरुले जग्गा पाउनुपर्ने तर भूमाफिया र दलालहरुलाई पोस्ने ढोका बन्द गर्न आग्रह गरे । सकेसम्म विधेयक सरकारले फिर्ता लिनुपर्ने र नसके संशोधनहरु सम्बोधन गरिनुपर्ने बताएका छन्।
उनले भने, ‘निकुञ्ज र वन क्षेत्रको जग्गा पहिला आफ्नो नाममा लिने सरकारले त्यसपछि वन क्षेत्रबाट छुटाउने । त्यसपछि वितरण गर्ने । यो तरिका हुँदै भएन, यो गम्भीर छ । माननीयज्युहरुले जुन सरोकार राख्नुभएको छ, चिन्ता व्यक्त गर्नुभएको छ, वास्तविक सुकुम्बासी, भूमिहिनहरुले जग्गा पाउन्, भूमाफिया र दलालहरुलाई पोस्ने ढोका बन्द गरियोस् । त्यसअनुसार भूमि सम्बन्धी विधेयक सके फिर्ता लिइयोस् । नसके संशोधनहरुलाई सम्बोधन गरियोस् ।’
सांसद ज्वालाले सरकारले निकुञ्ज र वन क्षेत्रको जग्गा पहिला आफ्नो नाममा लिने र वनक्षेत्रसँग छुटाएपछि वितरण गर्ने काम गलत भएको बताए ।