
साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजार झिनो अंकले घटेको छ । २.०७ अंकले घटेको नेप्से आज २९६२.१३ विन्दुमा रोकिएको छ ।
यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.७८ अंकले घट्दै ५१३.०९ अंकमा पुगेको छ ।
नेप्सेमा आज ३२१ वटा कम्पनीको एक लाख ७० हजार ७२६ पटकको कारोबारमा चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच भए । जसअनुसार आज १९ अर्ब ३६ करोड आठ लाख ७३ हजार ३४ रुपैयाँबराबरको कारोबार भएको छ ।
सामान्य घटेको सेयर बजारमा आज ९४ कम्पनीको सेयर मूल्य बढ्दा १५६ वटा कम्पनीको मूल्यमा गिरावट आयो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा ४ वटा समूहको सूचक बढ्दा नौवटाको घटे ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा भने पहिलो स्थानमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा अन्तिम सेयर मूल्य १२५६.९० रुपैयाँ कायम रह्यो ।
यसैगरी बढी गुमाउने कम्पनीको विन्धबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ । यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ६२३.७५ रुपैयाँ कायम रह्यो ।
नेप्सेमा आज शिवम् सिमेन्ट लिमिटेडको कारोबार सर्वाधिक भएको छ । शिवम्को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६८९.९० रुपैयाँमा रह्यो । यसको ९२ करोड ५७ लाख ८२ हजार ७६० रुपैयाँको सेयर कारोबार भएको छ ।