बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार राजनीति

अहिराजविरुद्ध करणी मुद्दा दायर, न्यूनतम ७ वर्ष कैद सजाय माग

कोठाको चुकुल लगाएर मुख थुन्दै बलात्कार गरेको पीडित बयान
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ साउन, २०८२ मा प्रकाशित
अहिराजविरुद्ध करणी मुद्दा दायर, न्यूनतम ७ वर्ष कैद सजाय माग
काठमाडौं, साउन १३ :

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । जिल्ला सरकार वकिल कार्यालय काठमाडौंले मंगलबार मुद्दा दायर गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उनलाई सात वर्षदेखि दश वर्षसम्म कैद सजाय र पीडितलाई तीन लाख क्षतिपूर्तिको माग गरिएको छ ।

एक युवतीले आफूमाथि पटक-पटक करणी गरेको अभियोगमा अहिराजविरुद्ध किटानी जाहेरी दिएपछि उनी  फरार रहँदै आएका थिए ।

सरकारी वकिल कार्यालयले मंगलबार मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ बमोजिमको कसुर गरेको भन्दै अहिराजविरुद्ध मुद्दा दायर गरेको हो । दफा ३ को  (ङ) अनुसार १८ वर्ष वा सोभन्दा माथिको उमेरकी महिलालाई बलात्कार गरेमा सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

पीडित युवतीले आफूलाई कोठामै आएर अहिराजले मुख थुनेर जबरजस्ती करणी गरेको अनुसन्धान अधिकारीसमक्ष बताएकी छन् । तर, अहिराजले भने पीडितसँग पारिवारिक सम्बन्ध रहेको दाबी गर्दै विदेश पढ्न जान खोज्दा असफल भएपछि कुलतमा फसेको र आफूमाथि करणीको आरोप लगाएको दाबी गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार