बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति प्रदेश लुम्बिनी प्रदेश

कारागारमा रहेका अध्यक्ष लामिछानेलाई दुई नेताले भेटे, सामूहिक भेट्न पाएनन्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ साउन, २०८२ मा प्रकाशित
कारागारमा रहेका अध्यक्ष लामिछानेलाई दुई नेताले भेटे, सामूहिक भेट्न पाएनन्
फाइल तस्विर ।
रुपन्देही, साउन १४ :

 कारागारमा रहेका पार्टी अध्यक्ष रवि लामिछानेलाई भेट्न रास्वपाका सांसदहरु भैरहवा पुगेका छन् । संसदीय दलको बैठकका लागि त्यहाँ पुगेका सांसदहरुले लामिछानेसँग सामूहिक भेट गर्न भने पाएनन् ।

कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहितको टोलीले सामूहिक रूपमा रवि लामिछानेलाई भेट्ने प्रयास गरेको थियो। प्रशासनले सामूहिक भेट्न नमिल्ने भनेपछि छुट्टाछुट्टै रूपमा दुई जनाले मात्र भेट गरेका छन्। स्रोतका अनुसार कार्यवाहक सभापति अर्याल र सांसद सोविता गौतमले लामिछानेसँग भेट गरेका हुन्।

सभापति लामिछानेसँग उनीहरुको भेट भएको भनिए पनि के विषयमा कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन। यद्यपि रुपन्देही क्षेत्र नं ३ मा हुन लागेको उपनिर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बुझिएको छ ।

लामिछानेको सांसद पद निलम्बनमा परेपछि रास्वपा संसदीय दल नेतृत्वविहीन अवस्थामा छ भने कार्यवाहक पनि अहिलेसम्म तोकिएको छैन। उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको संयोजन गर्दै आएका छन्।

यसैबीच,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक भैरहवामा बस्दैछ ।  दिउँसो १ बजे होटल रमादामा बस्ने बैठकमा रुपन्देहीको निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ । पार्टीले रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट साउन २१ गते भित्र आवेदन दिन माग गरिसकेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार