बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
राजनीति

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज कारागार चलान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ साउन, २०८२ मा प्रकाशित
मधेस प्रदेशका पूर्वप्रमुख अहिराज कारागार चलान
काठमाडौं, साउन १४ :

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज (राजेश झा) पुर्पक्षका लागि कारागार चलान भएका छन्। जबरजस्ती करणीको मुद्दामा बुधबार सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौँका न्यायाधीश पीताम्बर शर्माको इजलासले उनलाई थुनामा पठाउन आदेश गरेको हो। उनलाई डिल्लीबजार कारागारमा राखिने छ।

जिल्ला सरकार वकिल कार्यालय काठमाडौंले अहिराजविरुद्ध मंगलबार मुद्दा दायर गरेको थियो ।एक युवतीले आफूमाथि पटक-पटक करणी गरेको अभियोगमा अहिराजविरुद्ध किटानी जाहेरी दिएपछि उनी  फरार रहँदै आएका थिए ।

ती युवतीले किटानी जाहेरीमा २०८१ जेठ ४ गते काठमाडौँको बानेश्वरस्थित आफ्नो कोठामै आएर अहिराजले जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन्। तर अहिराजले भने ती युवतीले आफूलाई पटक-पटक ब्ल्याकमेलिङ गरेको र  तीन लाख रुपैयाँ युवतीलाई दिइसकेको बयान दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार