काठमाडौं, साउन १५ :

साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से राताम्मे बनेको छ । ३१.५० अंकले घटेको नेप्से २९२२.६३ विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ६.७१ अंकले घट्दै ५०१.१२ अंकमा झरेको छ ।

नेप्सेमा आज ३१८ वटा कम्पनीको एक लाख ६८ हजार ५९४ पटकको कारोबारमा तीन करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर किनबेच भए । जसअनुसार आज १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ रुपैयाँबराबरको कारोबार भएको छ ।

राताम्मे बनेको सेयरबजारमा आज १९८ कम्पनीको सेयर मूल्य घट्दा ५२ वटा कम्पनीको सेयर मूल्य मात्र बढ्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा फाइनान्स समूहको सूचक मात्र बढ्यो । बाँकी सबै राताम्मे बने ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा ट्रेड टावर लिमिटेड परेको छ । यसको अन्तिम सेयर मूल्य प्रतिकित्ता १०४३.७० रुपैयाँ कायम रह्यो ।

यसैगरी बढी गुमाउने कम्पनीको पहिलो सूचीमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ । यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ७९३.३० रुपैयाँ कायम रह्यो ।

नेप्सेमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार सर्वाधिक भएको छ । हिमालयनको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ११००.७० रुपैयाँ रह्यो । यसको एक अर्ब ३३ करोड ८८ लाख १६ हजार ७७० रुपैयाँको सेयर कारोबार भएको छ ।