बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, यस्तो छ बजारभाउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ साउन, २०८२ मा प्रकाशित
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, यस्तो छ बजारभाउ
काठमाडौं, साउन २८ :

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १०० सय रुपैयाँले घटेको छ । चाँदी भने प्रतितोला २० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन (मंगलबार) सुन प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज (बुधबार) सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँ कायम छ । नेपाली बजारमा सुन सोमबार प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । चाँदीको मूल्य २३ सय २५ रुपैयाँ प्रतितोला कायम छ । अघिल्लो कारोबार दिन (मंगलबार) चाँदी प्रतितोला २३ सय ५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार चाँदीको मूल्य २३ सय १५ रुपैयाँ र आइतबार २३ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार