मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

द्वन्द्वपीडितद्वारा टीआरसीका पदाधिकारीविरुद्ध सर्वोच्चमा रिट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ साउन, २०८२ मा प्रकाशित
द्वन्द्वपीडितद्वारा टीआरसीका पदाधिकारीविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, साउन २८ :

द्वन्द्वपीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीविरुद्ध रिट दायर गरेका छन् ।

सरकारले गरेको नियुक्तिमा दलीय भागबण्डा भएको र अयोग्य व्यक्तिहरुलाई छानिएको भन्दै पीडितहरुले बुधबार रिट दर्ता गरेका हुन् ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले रिटविरुद्धको दरपीठ आदेश बदर भएसँगै नयाँ रिट दर्ता गरिएको रिट निवेदक गीता रसाइलीले बताइन् ।यसअघि सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको थियो ।

सरकारबाट संविधान र ऐनको प्रावधानविपरीत दुवै आयोगमा नियुक्ति भएको जनाउँदै बदर हुनु पर्ने माग राखी ३३४ जना द्वन्द्वपीडितहरुले रिट दायर गरेका हुन् ।पीडितहरुले उक्त नियुक्ति खारेज गर्न माग गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार