भैरहवा, साउन २९ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनिएको भैरहवा कारागारको कोठामा रहेको प्लाइउड हटाएर जाली राखेको छ।

पूर्वगृहमन्त्री लामिछाने बस्ने कोठाको झ्यालबाट प्लाइउड हटाएर त्यसको सट्टामा जाली राखिएको कारागार प्रशासनले बिहीबार विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी उनलाई सुरुदेखि नै छुट्टै राखिएको छ। उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था  छ। 

कारागार प्रशासक सुरेश भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ ।

रवि बसेको कारागारभित्रको कोठा अत्यन्त साँघुरो भएको र झ्यालसमेत बन्द गरिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले तत्काल झ्याल खोल्न निर्देशन दिएको थियो ।