बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति प्रदेश लुम्बिनी प्रदेश

रवि लामिछाने थुनिएको कोठाको बन्द झ्यालको प्लाइउड हटाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ साउन, २०८२ मा प्रकाशित
रवि लामिछाने थुनिएको कोठाको बन्द झ्यालको प्लाइउड हटाइयो
भैरहवा, साउन २९ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनिएको भैरहवा कारागारको कोठामा रहेको प्लाइउड हटाएर जाली राखेको छ।

पूर्वगृहमन्त्री लामिछाने बस्ने कोठाको झ्यालबाट प्लाइउड हटाएर त्यसको सट्टामा जाली राखिएको कारागार प्रशासनले बिहीबार विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी उनलाई सुरुदेखि नै छुट्टै राखिएको छ। उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था  छ। 

कारागार प्रशासक सुरेश भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ ।

रवि बसेको कारागारभित्रको कोठा अत्यन्त साँघुरो भएको र झ्यालसमेत बन्द गरिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले तत्काल झ्याल खोल्न निर्देशन दिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार