
काठमाडौं, भदौ २ :
दुई दिन अघि नख्खु कारागार ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । उनको छालामा पहेँलोजस्तो देखिएपछि रगत परीक्षणका लागि अस्पताल पठाइएको छ।
सभापति लामिछानेलाई भेट्न सोमबार उपसभापति डोलप्रसाद अर्याल नख्खु कारागार पुगेका थिए । उहाँहरुले सभापतिको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएका थिए । आग्रह बमोजिम रगत परीक्षणका लागि अस्पताल पठाइएको रास्वपा प्रवक्ता मनिष झाले बताए । रगतको रिपोर्ट भने आइनसकेको छैन ।
भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको लामिछानेलाई ४ सय कैदीबन्दी राखिएको ब्लकमा राखिएको थियो । अहिले उनलाई छुट्टै कोठामा राख्ने तयारी भएको छ ।