बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
राजनीति

उपसभामुखलाई हटाउने सत्तारुढ दलको प्रयासलाई विपक्षी दलले प्रतिवाद गर्ने

संवैधानिक परिषद् कब्जा गर्ने कांग्रेस-एमालेको नियत
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३ भदौ, २०८२ मा प्रकाशित
उपसभामुखलाई हटाउने सत्तारुढ दलको प्रयासलाई विपक्षी दलले प्रतिवाद गर्ने
काठमाडौं, भदौ ३ :

प्रमुख सत्तारूढ दल  कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन गरेको प्रयासलाई विपक्षी दलहरुले असफल पार्ने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको पहलमा सिंहदरबारमा मंगलबार बसेको विपक्षी दलहरूको बैठकले त्यसलाई असफल पार्ने निर्णय गरेको छ। बैठकमा सहभागी दलहरूले उक्त कदमको घोर भर्त्सना गर्दै संविधान, लोकतन्त्र र समावेशी प्रणालीमाथिको हमला भन्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

नेपाल समाजवादीका अध्यक्ष महेन्द्र राय यादवका अनुसार उपसभामुखविरुद्ध ठोस प्रमाणबिनै हटाउने प्रयास एकात्मक शासनतिर जाने संकेत हो। उनीहरूले सडकदेखि सदनसम्म प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रचण्डले भने- उपसभामुखलाई हटाउन खोज्नु गलत हो, यसको विरोध गर्छौं

माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसभामुखलाई हटाएर सत्तारूढ गठबन्धनले संवैधानिक परिषद् कब्जा गर्ने नियत देखिएको बताएका छन्। कांग्रेस-एमालेले खाली कागजमा हस्ताक्षर संकलन गरेको आरोप लगाउँदै उनले यसलाई लोकतन्त्रको अपमान भनेका छन् ।

बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, आम जनता पार्टी, र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए। विपक्षीहरू उपसभामुख हटाउने सत्तापक्षको कदम संविधानविपरीत भन्दै एकजुट भएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार