बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात#हावाहुरीसहितको वर्षा#दलित आयोग#वार्षिक प्रतिवेदन पेस#दिनभर झरी#मेघगर्जनसहित वर्षा#नेपाली कांग्रेस#१५औँं महाधिवेशन #मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात#हावाहुरीसहितको वर्षा#दलित आयोग#वार्षिक प्रतिवेदन पेस#दिनभर झरी#मेघगर्जनसहित वर्षा#नेपाली कांग्रेस#१५औँं महाधिवेशन
राजनीति

ओलीप्रति पोखरेलको कटाक्ष- जबजको टोपी लगाउनेले नै विचारमाथि हमला गरे

ओलीको एकल निर्णयविरुद्ध लाग्ने । पार्टीमा विचारको संरक्षण गर्ने प्रतिबद्धता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ भदौ, २०८२ मा प्रकाशित
ओलीप्रति पोखरेलको कटाक्ष- जबजको टोपी लगाउनेले नै विचारमाथि हमला गरे
काठमाडौं, भदौ ५ :

नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीमाथि जनताको बहुदलीय जनवाद (जबज) को विचारलाई क्षति पुर्‍याएको आरोप लगाएका छन्।

मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा गठित समितिको सम्पर्क कार्यालयको बिहीबार उद्घाटन कार्यक्रममा पोखरेलले ओलीले जबजको सन्दर्भमा विचारभन्दा बढी ‘टोपी’ मात्र लगाएको टिप्पणी गरे।

पोखरेलले पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई निष्क्रिय बनाउने ओलीको निर्णयको आलोचना गर्दै विचारको रक्षाका लागि कदम चालेको बताए। 

उनले भने, ‘कहिलेकाहीँ विचारकै टोपी लाउनेहरुले विचारलाई क्षतविक्षत बनाइरहेका हुन्छन्।’ ओलीको खुलेरै विरोधमा उत्रिएका पोखरेलको राजनीतिक अब कसरी अगाडि बढ्छ यो हेर्न बाँकी छ । विगतलाई हेर्ने हो भने ओलीको  विरोध गर्नेहरुले कारबाहीको सामना गर्नुपर्नेछ ।

नेताहरूले ओलीको एकल निर्णय विरुद्ध लाग्ने तथा पार्टीमा विचारको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र विद्या भण्डारीको पनि उपस्थिति थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार