नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन संघर्ष हुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकमा उनले यस्तो धारणा राखेका हुन् । ‘हामी समाजवादको यात्रातर्फ जाँदै छौं भने यसको मूल आधार उत्पादन हो । उत्पादन संघर्षमा सिंगो पार्टी केन्द्रित नभइ समाजवाद सम्भव हुँदैन ।’
उनले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन नै हुने भएकाले पार्टीले उत्पादनको नीति अगाडि बढाएको स्पष्ट गरे । पार्टीका कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेकाले जनतामा पार्टीप्रतिको भरोसा कमजोर बनेको उल्लेख गर्दै उनले त्यसलाई तत्काल सच्याउनुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्तिप्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ । अब पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ ।’
उनले हेटौंडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन संघर्ष’ भन्ने निर्णय कार्यान्वयनमा ल्याउन नसकिएको स्वीकार गर्दै अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने दाबी गरे ।
अध्यक्ष दाहालले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र समाजवादको भ्रूण हुने बताउँदै सहकारी आन्दोलनलाई पनि जनमुखी र समाजवादी मार्गमा अघि बढाउनुपर्नेमा जोड दिए । सरकारमा रहँदा दलाल, नोकरशाही र बिचौलियाविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्विको लडाइँ लडेको स्मरण गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्र र (दलाल, नोकरशाही र बिचौलिया) सँगै रहन नसक्ने बताए । उनले भने, ‘दलाल, नोकरशाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई माओवादी केन्द्रमा धेरै दिन स्थान छैन । त्यस्ता प्रवृत्ति लामो समय माओवादी पार्टीमा रहिरहन सक्दैन । माओवादी केन्द्र नै नेपालको रुपान्तरणकारी समाजवाद निर्माण गर्ने एकमात्र सम्भावना बोकेको पार्टी हो ।’
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकमा पार्टी उपाध्यक्ष नन्दबहादुर पुनले विभाग र संयन्त्रको अवधारणा र केन्द्रीय सदस्य शरदसिंह भण्डारीले कार्यविधि प्रस्तुत गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
थप समाचार
बुधबारदेखि देशको मौसममा बदली हुने सम्भावना, मंगलबारसम्म धानबाली भित्र्याइसक्न सुझाव
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा