
काठमाडौं, भदौ १२ :
कवाड व्यवसायीहरूले आज पनि काठमाडौँ महानगरपालिका अगाडि प्रदर्शन गरेका छन्।
कवाड व्यवसायी सङ्घर्ष समिति नेपालको आह्वानमा कवाडमा भृकुटीमण्डपमा भेला भएका व्यवसायीहरू जुलुससहित कमलादीस्थित काठमाडौँ महानगरपालिका कार्यालय घेराउ गरे। उनीहरूले मेयर बालेन्द्र साहविरुद्ध लेखिएको ब्यानर बोकेर भृकुटीमण्डपदेखि कमलादीसम्म र्याली गरेका थिए।
महानगरले कवाड व्यवसायी र सङ्कलक मजदुरमाथि अन्यायपूर्ण व्यवहार गर्दै आएको उनीहरूको आरोप छ। महानगरद्वारा गरिएको कुटपिट, सामान जफत र संरचना भत्काउने कार्य तत्काल बन्द गर्न उनीहरूले माग गरेका छन्।