बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार राजनीति

मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई थुनामा पठाउन उच्चको आदेश

जिल्ला अदालतको आदेश सदर
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ भदौ, २०८२ मा प्रकाशित
मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई थुनामा पठाउन उच्चको आदेश
पाटन, भदौ १२ :

उच्च अदालत पाटनले मधेसका पूर्व प्रदेश प्रमुख राजेश अहिराज भन्ने (राजेश झा) लाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले बिहीबार यसअघि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको हो ।

गत  साउन १४ मा न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । जिल्ला अदालतले थुनामा पठाएपछि उनी वेरितको निवेदन लिएर उच्च अदालत पुगेका थिए । उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।

उनले  २०८१  जेठ ४ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । अहिराजले आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध मुद्दा हालेका थिए । उनी मधेस प्रदेशको प्रदेश प्रमुख भएका थिए ।बलात्कारको मुद्दा फरार रहँदै आएका उनी गत साउन ४ मा पक्राउ परेका थिए ।  उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार