
उच्च अदालत पाटनले मधेसका पूर्व प्रदेश प्रमुख राजेश अहिराज भन्ने (राजेश झा) लाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले बिहीबार यसअघि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको हो ।
गत साउन १४ मा न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । जिल्ला अदालतले थुनामा पठाएपछि उनी वेरितको निवेदन लिएर उच्च अदालत पुगेका थिए । उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।
उनले २०८१ जेठ ४ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । अहिराजले आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध मुद्दा हालेका थिए । उनी मधेस प्रदेशको प्रदेश प्रमुख भएका थिए ।बलात्कारको मुद्दा फरार रहँदै आएका उनी गत साउन ४ मा पक्राउ परेका थिए । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।