बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र

सुनको मूल्य २ लाख ६००, चाँदीको भाउ कति ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १३ भदौ, २०८२ मा प्रकाशित
सुनको मूल्य २ लाख ६००, चाँदीको भाउ कति ?
काठमाडौं, भदौ १३ :

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले रेकर्ड बनाएको छ । सुनको मूल्य आज दुई लाख रुपैयाँभन्दा माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १२ सय रुपैयाँले बढेको छ । यसैगरी चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज (शुक्रबार) सुनले रेकर्ड राख्दै दुई लाख ६०० रुपैयाँ प्रतितोला कायम छ । सुन बुधबार प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी मंगलबार प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा सुनको कारोबार भएको थियो । यस्तै सोमबार प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आइतबार भने एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै २३ सय ६० रुपैयाँ कायम छ । चाँदी बिहीबार प्रतितोला २३ सय ५५, बुधबार २३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य २३ सय ६० रुपैयाँमा कारोबार हुँदा सोमबार प्रतितोला २३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने चाँदी प्रतितोला २३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार