बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

मेयर बालेन्द्र साहले भने- महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ

बोली-व्यवहार नरम बनाउन निर्देशन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ भदौ, २०८२ मा प्रकाशित
मेयर बालेन्द्र साहले भने- महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्छ
फाइल तस्वीर ।
काठमाडौं, भदौ १४ :

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने बताएका छन्। 

शनिबार काठमाडौँमा ३३ औं महानगर प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘सानोमा हलिउड फिल्म हेर्दा सिटी पुलिसको काम जस्तो देखिन्थ्यो, अहिले काठमाडौँ महानगर प्रहरी त्यस्तै काम गर्दैछ।’फिल्ममा देखाइएको काम वास्तविक जीवनमा हुनु खुसीको कुरा भएको उनले बताए।

साहले सुरक्षा सङ्गठनबीच सहकार्य एवं समन्वय गर्दै महानगरप्रहरीले काम गर्नुपर्नेमा जोड दिए  । साथै उनले कानुन, नीतिनियम पालना तथा कार्यान्वयन गराउन सक्रिय भएर लाग्न नगरप्रहरीलाई अनुरोध गरे  

प्रमुख साहले भने, ‘महानगरमा अतिक्रमण हटाउने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने तथा सुशासन एवं सुव्यवस्था कायम गर्न महानगर प्रहरीले निर्वाह गरेको भूमिकाको म सराहना गर्दछु ।’ 

शाहले काठमाडौँ महानगरपालिकाबाट अन्य पालिकाले काम गर्ने शैली सिक्न चाहेको बताउँदै महानगर प्रहरीको भूमिका सराहना गरे। उनले नगर प्रहरीको योगदानलाई सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउने, सुशासन र सुव्यवस्थामा अत्यन्त महत्त्वपूर्ण भएको बताएका छन्।

‘काठमाडौँ महानगरपालिकाको कामलाई धेरै पालिकाले अनुकरण गर्न चाहन्छन्। यसमा महानगर प्रहरीको ठूलो योगदान छ,’ शाहले भने। उनले काठमाडौँ महानगर प्रहरीलाई राजधानीको पहिचान भनेका छन् । उनले भविष्यमा अन्य सिटी पुलिस र स्थानीय सरकारका लागि सिकाइको स्रोत बन्ने विश्वास व्यक्त गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार