बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले दिए पारिवारिक विषयमा उठेका प्रश्नको स्पष्टीकरण

‘म नेता बन्न होइन, देश बदल्न आएको हुँ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १७ भदौ, २०८२ मा प्रकाशित
रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले दिए पारिवारिक विषयमा उठेका प्रश्नको स्पष्टीकरण
काठमाडौं, भदौ १७ :

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रूपन्देही–३ का उम्मेदवार डा. लेखजंग थापाले आफ्नो पारिवारिक जीवनबारे उठेका प्रश्नहरूलाई पार्टीमाथि गरिएको योजनाबद्ध आक्रमण भनेका छन्।

उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आफूमाथि नभइ रास्वपा पार्टीलाई बदनाम गर्न खोजिएको आरोप लगाएका हुन्।

डा. थापाले आफूले दुईपटक विवाह गरेको र एकजना श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको स्वीकार गरेका छन्। उनले ती श्रीमतीसँग सौहार्दपूर्ण सम्बन्ध रहेको र छोराको साझा अभिभावकत्वमा मिलेर काम गरिरहेको बताएका छन्।

उनले भनेका छन्, ‘सम्बन्धविच्छेद भए पनि एक-अर्कालाई सम्मान गर्न सकिन्छ।’ उनले आफ्नो व्यक्तिगत जीवन कानुनी रूपमा ठीक रहेको र कुनै गलत काम नगरेको स्पष्ट पारेका छन्।

थापाका अनुसार, उनले आफ्नो पारिवारिक स्थितिबारे पार्टीलाई पहिले नै जानकारी गराइसकेका थिए, र पार्टीले कानुनी परामर्श लिएर मात्रै उनलाई उम्मेदवार बनाएको हो।

डा. थापा १४ वर्षदेखि न्युरोचिकित्सकको रूपमा काम गर्दै आएका छन्। उनले पेशा र जीवनप्रति सन्तुष्टि भए पनि देशमा बढ्दो भ्रष्टाचार र अन्याय देखेर राजनीतिमा आएको बताएका छन्।

‘म नेता बन्न होइन, देश बदल्न आएको हुँ,’ उनले भनेका छन्।

उनले पार्टीले गर्ने कुनै पनि निर्णय स्वीकार गर्ने बताएका छन्। उनले ३५ दिन लामो छनोट प्रक्रियाबाट उम्मेदवार बन्ने मौका पाएको जनाएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार