आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश कोसी प्रदेश

सुनसरीको झुम्का कारागारमा १३ दिनमा तीन कैदीको मृत्यु

कारागारमा स्वास्थ्य शिविर सञ्चालन गर्न जिल्ला सुरक्षा समितिको निर्देशन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १७ भदौ, २०८२ मा प्रकाशित
सुनसरीको झुम्का कारागारमा १३ दिनमा तीन कैदीको मृत्यु
सुनसरी, भदौ १७ :

सुनसरीको झुम्का कारागारमा दुई कैदीको मृत्यु भएको छ। मृतकमा धरानका २४ वर्षीय सागर राई र गढी गाउँपालिकाका ४८ वर्षीय रामदेव उराँव रहेका छन्।

उराँव कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २५ वर्षको सजाय भोगिरहेका थिए, भने राई लागुऔषध मुद्दामा पुर्पक्ष थुनामा थिए।

दुवै जनामा श्वासप्रश्वासको समस्या देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। उराँवको सोमबार र राईको मंगलबार उपचारकै क्रममा मृत्यु भएको हो।

१३ दिनमा झुम्का कारागारमा ३ जना कैदीको मृत्यु भइसकेको छ। यसअघि भदौ ४ गते विकास राईको पनि मृत्यु भएको थियो। कारागारमा बिरामी कैदीहरू बढ्न थालेपछि जिल्ला सुरक्षा समितिले स्वास्थ्य शिविर सञ्चालन गर्न निर्देशन दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार