बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
खेलकुद क्रिकेट

त्रिदेशीय शृङ्खलामा क्यानडासँग नेपाल पराजित

· मंगलबार, २ असोज, २०८१ मा प्रकाशित
त्रिदेशीय शृङ्खलामा क्यानडासँग नेपाल पराजित
काठमाण्डौँ , असोज २ :

आईसीसी विश्वकप क्रिकेट लिग- टु को त्रिदेशीय शृङ्खला अन्तर्गत क्यानडासँग नेपाल पराजित भएको छ ।

 क्यानडाको किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाल एक सय तीन रनले पराजित भएको हो ।

क्यानडाले दिएको दुई सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर एक बलमा एक सय ५० रनमा अलआउट भयो । 

त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ५३ रन बनाएको थियो ।

क्यानडाका लागि कप्तान निकोलस किर्तनले अविजित ७३ रन बनाए । नेपालका ललित राजवंशी र सोमपाल कामीले समान २ विकेट लिए । एकदिवसीय खेलमा क्यानडासँग नेपाल पहिलो पटक पराजित भएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार