काठमाडौं, भदौ २३ :

जेनजीहरूले काठमाडौंमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको छ । कर्फ्युका बाबजुद पनि भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । गोली लागि घाइते भएका प्रदर्शनकारीहरुको विभिन्न अस्पतालमा  उपचारका क्रममा  मृत्यु भएको हो ।

जसअनुसार ट्रमा सेन्टरमा ९, एभरेष्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १,केएमसीमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो । प्रदर्शनका क्रममा सयौं घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीतर्फ पनि थुप्रै घाइते भएका छन् । अहिले पनि बानेश्वर आसपासको क्षेत्रमा प्रदर्शन जारी राखेका छन् ।