
काठमाडौं, भदौ २४ :
प्रदर्शनमा उत्रिएका जेनजीहरुले नक्सालस्थित हिल्टन होटलमा आगजनी गरेका छन् । प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो ।
शीर्ष नेताका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले आक्रमण गरी क्षति पुर्याएका छन् । अहिले काठमाडौंलगायत देशका विभिन्न ठुला शहरहरूमा प्रदर्शन भइरहेको छ ।