बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

प्रधानमन्त्री कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन मन्त्रीको टुंगो लाग्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ भदौ, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन मन्त्रीको टुंगो लाग्यो
काठमाडौं, भदौ २९ :

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नयाँ सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार पूर्वसचिव रामेश्वर खनाल, कानुन व्यवसायी ओमप्रकाश अर्याल र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ मन्त्री बन्ने निश्चित भएको हो।स्रोतका अनुसार, रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइनेछ । उनी पूर्वसचिवसमेत हुन् ।

गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्यालले सम्हाल्ने छन् भने कानुन मन्त्रालय पनि उनकै जिम्मामा रहने स्रोतले जनाएको छ ।  पछिल्लो समय उनी काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) का कानुनी सल्लाहकारका रूपमा कार्यरत थिए ।

पूर्वकार्यकारी निर्देशक घिसिङले ऊर्जा मन्त्रालयसँगै सिँचाइ तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने भएका छन् । स्रोतका अनुसार, घिसिङलाई कम्तीमा तीनवटा मन्त्रालय दिइएको हो । उनी केपी शर्मा ओली नेतृत्वको सरकारका बेला नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त भएका थिए ।शपथ समारोह भोलि प्रधानमन्त्री निवास बालुवाटारमा हुने बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार