काठमाडौं, असोज १ :

सरकारले यस वर्षको संविधान दिवस सामान्य रूपमा मनाउने निर्णय गरेको छ। गृहमन्त्रालय स्रोतका अनुसार संविधान दिवस विशेष औपचारिकता बिना, सामान्य रूपमा मनाउने तयारी भएको छ।संविधान दिवस हरेक वर्ष असोज ३ गते मनाइन्छ।

२०७२ सालको यही मितिमा संविधानसभाबाट नयाँ संविधान जारी गरिएको थियो। त्यसयता सरकारले उक्त दिनलाई विशेष उत्सवका रूपमा मनाउँदै आएको थियो।

विगतका वर्षहरूमा गृहमन्त्रालयले संविधान दिवसका लागि सूचना जारी गर्दै मूल समारोह समिति गठन गर्ने, सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गर्ने जस्ता गतिविधि गरिँदै आएको थियो। नेपाली सेनाले पनि संविधान दिवस सामान्य रूपमा मनाउने तयारी गरिरहेको छ। 

जेनजी आन्दोलनले सरकार परिवर्तन भएसँगैब संविधान जारी गर्ने दलका नेताहरु पनि पूर्णरुपमा खुल्ला नभइसकेकाले यो दिवसलाई सामान्य रुपमा मनाउन लागिएको हो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अझै सुरक्षा धेराभित्र छन् ।