काठमाडौं, असोज ३ :

जेनजी आन्दोलनका  आगजनी र तोडफोडबाट ध्वस्त बनेका सिंहदरबारभित्र र आसपासका सवारी साधन क्रेन लगाएर धमाधम हटाइँदैछ। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आक्रोशित भिडले सिंहदरबारभित्रका दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी थुप्रै सवारी साधनमा क्षति पुर्याएका थिए ।

सिंहदरबार परिसरभित्र जताततै जलेका गाडीहरु मात्रै देखिएपछि सुशीला कार्की नेतृत्वको सरकारले तत्काल हटाउने निर्णय गरेको बमोजिम धमाधम काम भइरहेको हो ।ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायता र सहरी विकास मन्त्री कुलमान घिसिङले पनि परिसरका जलेका सवारी साधन तत्काल हटाउन निर्देशन दिएका थिए।