
काठमाडौं, असोज ७ :
सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ।
जेनजी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागेका गृहसचिव दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो । दुवाडीलाई गृहबाट राष्ट्रिय योजना आयोगको सचिवालयमा जिम्मेवारी तोकिएको छ ।
करिब डेढ साता गृह प्रशासनको नेतृत्व गरेका दुवाडीमाथि छानबिन हुनुपर्ने माग उठिरहेका बेला सरकारले उनलाई जिम्मेवारीबाट हटाएको हो ।