बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

रास्वपाको बैठकमै मागियो रविको राजीनामा , कसले माग्यो ?

मुद्दाको कानुनी निरूपण नभएसम्म पद छाड्न दबाब
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ असोज, २०८२ मा प्रकाशित
रास्वपाको बैठकमै मागियो रविको राजीनामा , कसले माग्यो  ?
काठमाडौं, असोज ७ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकमै सभापति रवि लामिछानेले राजीनामा दिनुपर्ने आवाज उठेको छ । सहकारी ठगीमा अहिले नख्खु जेलमा रहेका लामिछानेले पद छाड्नुपर्ने आवाज उठेको हो। 

मंगलबार केन्द्रीय कार्यालय चःमतीमा जारी केन्द्रीय समिति बैठकमा सहकारी ठगीसम्बन्धी मुद्दाको कानुनी निरूपण नभएसम्मका लागि लामिछानेले सभापति पद छाड्नुपर्ने प्रस्ताव प्रदेश सभापतिहरूले गरेका हुन् ।

मुद्दा किनारा नलागेसम्मलाई रविले पद छाड्नुपर्ने भन्दै रास्वपाका सुदूरपश्चिम सभापति प्रकाश विष्ट, कोशीका सभापति सरिन तामाङ, लुम्बिनीका सभापति देवराज पाठक र गण्डकीका सभापति राजन गौतमले बैठकमा उक्त प्रस्ताव राखेका छन् । अन्य तीनवटा प्रदेशका सभापतिहरू भने यसबारेमा मौन देखिएका छन् ।

उनीहरूले विभिन्न पाँचवटा जिल्लामा रहेका सहकारी ठगीसम्बन्धी मुद्दाको किनारा लागेपछि मात्रै रविले सभापतिका रुपमा काम गर्नु उचित हुने धारणा राखेका छन् । त्यसैगरी बैठकमा गत भदौ २४ गते हुलदंगा गर्दा ललितपुरस्थित नख्खु कारागारबाट रवि निस्किएको विषय पनि उठेको छ। 

रविलाई निकाल्न उपसभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, सांसदहरू गणेश पराजुली र हरि ढकालसहित नेताहरु पुगेको विषयलाई लिएर बैठकमा कुरा उठाइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार