काठमाडौं, असोज ८ :

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता गरेका छन्।  उनीहरुबीच बिहान करिब आधा घण्टा भेटवार्ता चलेको थियो।

भेटका क्रममा मेयर साहले प्रधानमन्त्री कार्कीलाई ‘जेनजी आन्दोलन’को मर्मअनुसार सरकार सञ्चालन गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री कार्कीले पनि आफू त्यही मर्मअनुसार अघि बढिरहेको प्रतिक्रिया दिएको स्रोतको भनाइ छ। कार्कीलाई प्रधानमन्त्री बनाउन बालेनले प्रमुख भूमिका खेलेका थिए ।

 तसर्थ वर्तमान मन्त्रिमण्डलमा बालेन पक्षका धेरै मन्त्रीहरु रहेका छन् । आन्दोलन जेनजीको नाममा भए पनि बालेन नै यसको प्रमुख योजनाकार भएको दाबी गरिएको छ । सरकार बालेनले भने अनुसार नै चल्ने देखिन्छ ।