बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र ,तोकिएको १६ अस्पतालमा निशुल्क उपचार

अस्पतालसम्म आवागमनका लागि एम्बुलेन्स सेवा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ असोज, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र ,तोकिएको १६ अस्पतालमा निशुल्क उपचार
काठमाडौं, असोज १२ :

सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूका लागि देशभर १६ अस्पतालमा ‘जेनजी क्लिनिक’ स्थापना गरेको छ। 

काठमाडौं उपत्यकासहित ७ वटै प्रदेशका ठूला सरकारी अस्पतालहरूमा ‘जेनजी क्लिनिक’ सञ्चालनमा आएका छन्। साथै, उपचारमा सहजता होस् भनेर अस्पतालसम्म निशुल्क आवागमनका लागि एम्बुलेन्स सेवा र फोकल पर्सनसमेत तोकिएको छ।

गृह मन्त्रालयको निर्णय अनुसार आइतबारदेखि घाइतेलाई परिचयपत्र वितरण सुरु गरिएको छ।  उनीहरूले ती अस्पतालमा निशुल्क र सहज उपचार पाउनेछन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार ट्रमा सेन्टरमा घाइतेहरूलाई परिचयपत्र हस्तान्तरण गरेर त्यसको सुरुवात गरेका हुन्। सोमबारदेखि जिल्ला प्रशासन कार्यालयहरूबाट पनि वितरण सुरु गरिएको छ।

स्वास्थ्य मन्त्रालयको समन्वयमा घाइतेहरूको अवस्थाअनुसार वर्गीकरण गर्न विशेषज्ञ चिकित्सकको नेतृत्वमा कार्यदल गठन गरिने छ। मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्ने तयारी गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार