बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

प्रचण्डले आन्तरिक लोकतन्त्रका नाममा संकट पैदा गर्दैछन् : घनश्याम भुसाल

अहिलेको विकल्प पुराना नेताहरुलाई पार्टीबाट बिदा गर्ने हो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १३ असोज, २०८२ मा प्रकाशित
प्रचण्डले आन्तरिक लोकतन्त्रका नाममा संकट पैदा गर्दैछन् : घनश्याम भुसाल
ललितपुर, असोज १३ :

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा गएको आरोप लगाएका छन् ।

सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले अध्यक्ष दाहाल अरु केही एकता गरेर वा देखाएर महाधिवेशन सार्ने वा महाधिवेशन पनि आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा लागेको बताए । अध्यक्ष दाहालले आन्तरिक लोकतन्त्रको भयंकर ठूलो अभ्यास देखाउने नाममा गरिरहनुभएको कामले झनै संकट थप्ने बताए । अहिलेको विकल्प पुराना नेताहरुलाई पार्टीबाट बिदा गर्ने नै रहेको बताए । वामपन्थीहरुले समाजवादको आधार तय गर्ने कुरा अमूर्त रहेको भन्दै १० वर्षमा बेरोजगारी र कुशासन हटाउँछौँ भन्नेकुरा नै समाजवादको आधार हुने बताए । 

उनले भने, ‘हाम्रो प्रचण्डजी अरु केही एकता गरेर, त्यो देखाएर, उहाँले महाधिवेशन सार्ने वा महाधिवेशन पनि आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा उहाँ लाग्नुभएको छ, यो बडा आन्तरिक लोकतन्त्रको भयंकर ठूलो अभ्यास देखाउन नाममा जे गर्दै हुनुहुन्छ, त्यसले पनि समाजमा विश्वास आर्जन गर्न सकेको छैन । काँग्रेसमा त अलमल छँदैछ, अरु पार्टीको कुरै भएन । हामी संकटतर्फ जाँदैछौँ । उहाँहरुले छोड्ने, छाडाउने, यसले पार्टीभित्र र समाजमा जसले यो जिम्मेवारी लिएर राजनीतिलाई यो तहमा लगेको कारणले पार्टी छोड्ने कुराले समाजमा आशा हुन्छ । हामी वामपन्थीहरुले समाजवादको आधार तय गर्ने कुरा अमूर्त कुरा हो । १० वर्षमा बेरोजगारी र कुशासन हटाउँछौँ भन्नेकुरा नै समाजवादको आधार हुनेछ ।’ महासचिव भुसालले अहिलेका शिर्ष नेताहरुलाई बिदा गरेर नयाँ बाटो कोर्नुपर्ने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार