बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
विदेश

भाजपाका वरिष्ठ नेता विजय कुमार मल्होत्राको निधन

प्रधानमन्त्री मोदीद्वारा दु:ख व्यक्त
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ असोज, २०८२ मा प्रकाशित
भाजपाका वरिष्ठ नेता विजय कुमार मल्होत्राको निधन
नयाँदिल्ली, असोज १४ :

भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा दिल्ली प्रदेशका प्रथम अध्यक्ष विजय कुमार मल्होत्राको ९४ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनको निधन मंगलबार बिहान आफ्नै निवासमा भएको हो।

प्रोफेसर मल्होत्रा लामो समयदेखि भारतीय राजनीतिमा सक्रिय थिए । भाजपा दिल्लीको स्थापनाकालीन अध्यक्षको रूपमा पार्टीलाई जरा गाड्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनको निधनप्रति भाजपा दिल्लीले एक विज्ञप्ति जारी गर्दै गहिरो शोक व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘वरिष्ठ भाजपा नेता तथा भाजपा दिल्लीका प्रथम अध्यक्ष प्रोफेसर विजयकुमार मल्होत्राजीको आकस्मिक निधनको खबरले अत्यन्त दुःखी बनाएको छ। दुःखको यस घडीमा सम्पूर्ण भाजपा परिवार उनको परिवारको साथमा छ।’

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा मल्होत्राको निधनप्रति दुःख व्यक्त गर्दै लेखेका छन्, ‘विजय कुमार मल्होत्राजीले जनताको समस्याको गहिरो बुझाइ भएका एक असाधारण नेताको रूपमा आफूलाई प्रमाणित गर्नुभयो। दिल्लीमा हाम्रो पार्टीलाई बलियो बनाउन उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभयो। उहाँलाई उहाँको संसदीय योगदानका लागि पनि सम्झिनेछ। उहाँको निधनबाट म दुःखी छु।’

भाजपाका नेताहरू तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत मल्होत्राको योगदानको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।प्रोफेसर मल्होत्राको निधन भारतीय राजनीतिका लागि ठूलो क्षति मानिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार