
काठमाडौं, असोज २१ :
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केही नेताहरु काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगे ।
मंगलबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहितको अखिलको टोली परिसर पुगेका हुन् । जाहेरी दर्ता नभए पनि २४ घण्टामा प्रहरीले जवाफ दिने बताएको अनेरास्ववियुका पूर्वअध्यक्ष बडालले बताए । तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिन आफूहरु परिसर आएको उनले बताए ।
भदौ २४ मा जेन—जी आन्दोलनको क्रममा संसददेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो । साथै प्रहरीमाथि निर्घात कुटपिट भएको थियो ।