ललितपुर, असोज २४ :
नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनतामा अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताएका छन्।
शुक्रबार ललितपुरस्थित एक होटलमा सम्पादकहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । उनले राष्ट्रिय स्वाधिनतामा यस्तो विदेशी हस्तक्षेप अहिलेसम्म नभएको बताए । अहिले पनि राजनीतिक संकट कायम रहेको बताए ।
अहिलेको जस्तो ठूलो दबाब नेपालले भोग्नु नपरेको जिकिर गरे । अहिलेको परिस्थितिले सबै राजनीतिक दल, नागरिक समाजहरु मिलेर काम गर्नुपर्ने जरुरी देखिएको उल्लेख गरे । फेरि एक पटक अहिले सबै राजनीतिक दल र नागरिक समाज गम्भीर भएर देशका लागि सोच्नुपर्ने बेला भएको बताए । उनले विगतको समीक्षा र आउने दिनका बाटोहरुका बारेमा अधिकतम बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्ने जिकिर गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने