बागलुङ, असोज ५ :
धौलागिरी अस्पताल, गलकोट र बुर्तिबाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेङ्गी परीक्षण गर्ने किट अभाव भएको छ ।
धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माले दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तर उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको जानकारी दिनुभयो ।
केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको उहाँले बताउनुभयो।
अस्पतालले गण्डकी प्रदेश सरकारसँग किट उपलब्ध गराउन माग गरेको छ ।
स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट प्रदान गरिएको बताउनुभयो ।
डेङ्गी खोज र नष्ट गर अभियान चलाए पनि बुर्तिबाङ, बडिगाड र गलकोट क्षेत्रमा बिरामी बढेको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताउनुभयो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
बुधबारदेखि देशको मौसममा बदली हुने सम्भावना, मंगलबारसम्म धानबाली भित्र्याइसक्न सुझाव
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन