बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनाबद्ध हो, महत्वपूर्ण अंगहरुको मनोबल गिरेको छ : देउवा

जेनजीको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २८ असोज, २०८२ मा प्रकाशित
भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनाबद्ध हो, महत्वपूर्ण अंगहरुको मनोबल गिरेको छ : देउवा
काठमाडौं, असोज २८ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनावद्ध रहेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीइ समितीको बैठकलाई केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यसको पुष्टि घटनापछि आइरहेका तथ्यहरुले प्रमाणित गरिरहेको बताए । उनले जेन—जीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गर्नुपर्ने बताए। जेनजीको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नुपर्ने बताए । यसको यथाशिघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्ने बताए । यो अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए । देशमा सबै महत्वपूर्ण अंगहरुको मनोबल गिरेको अवस्था रहेको बताए ।

उनले भने, ‘ जेन—जीले देशमा सुशासन र भ्रष्टाचार मुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्छ भन्ने मेरो धारणा छ । उहाँहरुको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नुपर्छ। यस विषयमा पनि यो बैठकमा छलफल हुने नै छ । तर यो अकल्पनीय एवं अमानवीय र त्रासदिपूर्णरुपमा भएको घटना आकस्मिक वा स्वतःस्फूर्त भन्दा पनि सुनियोजित र योजनावद्ध नै थियो भन्नेकुरा घटना पछि बाहिर आईरहेका तथ्यहरुले पुष्ठि गर्न थालेका छन् । यसको यथाशिघ्र थप अध्ययन अनुसन्धान गरिनु पर्दछ। यो अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ। देशमा सबै महत्वपूर्ण अंगहरुको मनोबल गिरेको अवस्था छ । यस अवस्थामा हामीले देशका सबै अंग वा निकायको मनोबल उच्च राख्ने काम गर्नुपर्दछ र अदालत, सुरक्षा निकाय लगायत सबै निकायलाई उच्च मनोबल साथ काम गर्न आह्वान पनि गर्नुपर्दछ ।’
सभापति देउवाले देशका सबै अंग वा निकायको मनोबल उच्च राख्ने काम गनुपर्ने र अदालत, सुरक्षा निकाय लगायत सबै निकायलाई उच्च मनोबल साथ काम गर्न आह्वान गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार