बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक १९ अङ्कले घट्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २८ असोज, २०८२ मा प्रकाशित
नेप्से परिसूचक १९ अङ्कले घट्यो
काठमाडौं, असोज २८ :

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ४३ अङ्कले घटेर दुई हजार ५२८ दशमलव १६ को बिन्दुमा कायम भएको छ ।

आज ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७२ कित्ता शेयर ३८ हजार ८२७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ३६ करोड ६१ लाख ९८ हजार २६२ मा खुम्चिएको छ ।

आज म्युचुअल फन्ड शून्य दशमलव ०६, व्यापार एक दशमलव ४८ र अन्य समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ८२, विकास बैङ्क एक, वित्त एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव ११, जलविद्युत् एक दशमलव ७१, लगानी एक दशमलव १६, जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह समान शून्य दशमलव ९८, लघुवित्त शून्य दशमलव ७९ र निर्जीवन बीमा समूह एक दशमलव १० प्रतिशतले घटेको छ ।

आजको कारोबारमा शुभम् पावर लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छभने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु ३२ करोड सात लाख ८३ हजार ७१६ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर चार लाख ३३ हजार ९७ कित्ता खरिदबिक्री भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार